काठमाडौँ । ट्राफिक प्रहरीले दसैँ मनाउन सहरबाट गाउँ वा गाउँबाट सहर जानेहरूलाई क्षमताभन्दा धेरै यात्रु भएका सार्वजनिक सवारीसाधनमा यात्रा नगर्न अनुरोध गरेको छ ।
क्षमताभन्दा बढी यात्रु राख्ने, उभिएर यात्रा गर्ने, जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने स्थितिमा दुर्घटा र कोरोनाको जोखिम हुने हुँदा सचेत रहन ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।
सीआईएनसँग कुरा गर्दै महानगरिय ट्राफिक प्रहरी प्रवक्ता सञ्जिब शर्मा दासले आफ्नो सुरक्षाको लागि आफैँ सचेत हुन र दुर्घटनाबाट जोगिन सबैमा अनुरोध गर्नुभयो ।
'यातायात व्यवसायीहले पनि छोटो समयमा धेरै कमाउने लोभमा सवारीसाधनमा क्षमताभन्दा धेरै यात्रु राख्नु भएन । यात्रुको गन्तव्यसम्मको यात्राका लागि सुरक्षामा ध्यान दिनुपर्यो।' प्रवक्ता दासले भन्नुभयो ।
प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८, ०७:२६