सिरहा, लहान । सिरहाको सलहेश फूलबारीमा रहेको मालिनीको मन्दिरमा आज विशेष मेला लागेको छ । मालिनीको मन्दिरसँगै रहेका दुईवटा हारमको रुखमा फूल्ने सुनाखरीको फूल यो वर्ष पनि फुलेको हो ।
सुनाखरीको फूल हेर्न नेपाल तथा भारतबाट पर्यटकहरू सलहेश फूलबारीमा आइपुगेका छन् । हरेक वर्षको १ गते यहाँ रहेको तीन ओटा रुखमा मात्रै यो फूुल फुल्छ ।
पहिला बैशाख १ गते मात्र फुल्छ भनिए पनि अहिले दुईतीन दिन अघिदेखि सुनाखरीको गुच्छामा कोपिला देखिन्छ । बैसाख १ गतेपछि वइलाएर जान्छ फेरि अर्को नयाँ वर्षको १ दिनअघि मात्र देखिन्छ । सुनाखरीको फूल सलहेश मालिनीको दर्शन गर्न भारतको बिहारबाट आउने लाखौँ श्रद्धालुहरूको घुईँचो मन्दिर परिसरमा छ ।
राजा सलहेस र मालिनीको दर्शन गरे निसन्तानलाई सन्तान प्राप्ति, छाला रोग निको हुने र जुनसुकै मनोकामना भए पनि पूरा हुने धार्मिक विश्वास छ । त्यसैले सलहेस फूलबारीमा प्रत्येक साल लाखौँ मानिस नेपाल भारतबाट दर्शन गर्न आउने गर्दछन् ।
प्रेमिका मालिनीललाई देवी दुर्गाले छल गर्र्दा राजा सलहेशलाई भेट्न नपाउँदा मालिनीले तिनै दुई रुखमा आफू भेट्न आएको सङ्केतको रूपमा यही समयमा फूल छोडेर गएकाले अहिले पनि त्यहाँ फूल फुल्ने गरेको जनविश्वास रहेको पुजारी जयदेब सिंह बताउनु हुन्छ ।
१४ पुस्तादेखि सलहेस मालिनी मन्दिरमा पूजा गर्दै आएका जयदेब सिंह यसपटक पनि पूजाका लागि आउनुभएको छ ।
धार्मिक किंवदन्ती अनुसार राजा सलहस सिरहा दरबार मैसोथाबाट मानिक दहमा नुहाउन आउने , अखरामा कुस्ती खेल्ने, सलहेश फूलबारीमा फूल टिप्ने अनि राजा कुलेश्वरको दरबार पकरिया गढमा फूल चढाउने गरेको उल्लेख छ ।
किंवदन्तीमा एक दिन कुलेश्वरको बगैचामा घुमीरहेका राजा सलहेशलाई कुलेशवर राजाका सिपाहीले पक्राउ गरेको र पछि कुलेश्वर राजाले सलहेशलाई नै सेनापति बनाएपछि मालिनीसँग राजा सलहेशको भेट भएको उल्लेख छ ।
राजा सलहेश र पे्रमिका मालिनीसँग प्रेमलाप गर्नेस्थल फूलबारी धाम जहाँ अहिले सलहेश र मालिनीको मन्दिर बनेको छ ।
प्रेमिका मालिनीललाई देवी दुर्गाले छल गर्र्दा राजा सलहेशलाई भेट्न नपाउँदा मालिनीले तिनै दुई रुखमा आफू भेट्न आएको सङ्केतको रूपमा यही समयमा फूल छोडेर गएकाले अहिले पनि त्यहाँ फूल फुल्ने गरेको जनविश्वास रहेको पुजारी जयदेब सिंह बताउनु हुन्छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६, १६:११