बाजुरा । वाजुराको जुड्डी भीरमा सुख्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको छ ।
बाजुराको जगन्नाथ गाउँपालिका कार्यालयको पारिपट्टीको भीरमा बिहानदेखि पहिरो जान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी मदनजित महराले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार अहिले पनि पहिरो गइरहेको छ र कर्णाली नदी थुनिएर ताल बनेको छ ।
पानी बग्न थालेकाले कर्णाली नदी किनारका बस्तीहरूमा सचेत रहन भनिएको छ । पहिरोको बारेमा बुझ्नका लागि सदरमुकामबाट एक जना इन्पेक्टरको नृत्वमा प्रहरीको टोली केहीबेरमा घटनास्थल पुग्दै गरेको पनि डीएपपी महराले जानकारी दिनुभयो ।
रेडियो नयाँ कर्णाली कालिकोटका अनुसार कर्णाली नदी साविकको सतहभन्दा १० देखि १५ मिटर तल झरेको स्थानीयले वताएका छन् ।
कालिकोटको पलाँताका शिक्षक लंकवहादुर बमले बिहान ७ वजेर ४० मिनेटमा कणर्ाली नदीको १५ मिटर सतह कम भएको बताउनुभयो ।
उहाँले नदीको सतह एक्कासी घट्दा किनारमा बस्दै आएका नागरिक डराएको जानकारी दिनुभयो ।
पलाँताका सव इन्जीनियर सुरेन्द्र खाँण ठकुरीले पनि नदी सुकेको र स्थानीयबासी माछा छोप्नका लागि नदी किनारमा निस्कन थालेको बताउनुभयो ।
जिल्ला प्रह्री कार्यालय कालीकोटका इन्सीपेक्टर महेश शाहीले कर्णाली नदी ५० प्रतिशत सुकेको बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८, ०९:०८