काठमाडौँ । नेपाली काँग्रेसभित्र पार्टीको आसन्न महाधिवेशन सार्ने बारेमा फेरि छलफल सुरु भएको छ ।
काँग्रेसको १४ आँै महाधिवेशन आउँदो मङ्सिर ९ देखि १३ गतेका लागि यसअघि तोकिएको छ ।
भदौमा गर्ने भनिएको महाधिवेशन मङ्सिरमा सारिएको थियो ।
सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीमण्डल बिस्तारका काममा व्यस्त हुनुपरेकाले पार्टी भित्रको काममा समय दिन नसकेको र कतिपय जिल्ला तथा वडाको अधिवेशन हुनै बाँकी रहेकाले अबको समयमा महाधिवेशन गर्न नभ्याइने कतिपय नेताहरूले बताएका छन् ।
हालसम्म काँग्रेसले ६४ जिल्लामा मात्रै वडा अधिवेशनसम्म सम्पन्न गरेको छ ।
सीआइएनसँग कुरा गर्दै काँग्रेसको निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले महाधिवेशनको मिति सर्ने सम्भावना रहेको बताउनुभयो ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने महाधिवेश सार्न नहुने पक्षमा छ ।
महाधिवेशन सारे मुद्दा लाग्ने नेता पौडेलले सीआईएनसँग बताउनुभयो । दसैँ लगत्तै पार्टीको केन्द्रीय समिति बैठक बोलाउन उहाँको माग छ ।
प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८, १०:०४