काठमाडौँ । सरकारले सुनसरी, कैलालीको टीकापुर प्रहरी कार्यालय र पर्वत कारागारमा रहेका एकएक जना व्यक्तिको बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।
हिजो बसेको गृह मन्त्रालयस्तरको बैठकले सुनसरीको जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक युवक, कैलालीको टिकापुर ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना र पर्वत कारागारमा रहेका एक जना व्यक्तिको मृत्युको बारेमा छानबिन गर्ने निणर्य गृहमन्त्रालयले गरेको हो ।
छानबिनका लागि मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन गरेको प्रवक्ता फणिन्द्रमणि पोखरेलले सीआईएनसँग बताउनुभयो ।
गृहमन्त्रालयले गत असोज २६ मा मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई करिया खर्चका लागि २५ हजार रुपैयाँ र एक लाख रुपैयाँका दरले आर्थिक सहायता दिने निणर्य पनि गरेको उहाँको भनाइ छ ।
मुगुमा भएको उक्त दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो भने १३ जनाको बिभिन्न अस्पतालमाा उपचार भइरहेको छ ।
घाइतेहरूको उपचार रकम व्यहोर्ने निणर्य पनि सरकारले गरेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८, ०७:५५