काठमाडौं । अपाङ्गता भएको व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । तर अपाङ्गता भएका व्यक्तिहरुले भने निःशूल्क रुपमा कुनै पनि स्वास्थ्य सुविधा नपाएको गूनासो गरेका छन् ।
२०७४ साल असोज २९ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनले अपाङ्गता भएका व्यक्तिलाइ निशूल्क स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ । तर ऐन व्यवहारमा भने लागू भएको छैन ।
ऐनको दफा २८ ले न्यून आय भएका तथा सरकारी अस्पतालमा भर्ना भएका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ । तर कुन रोगको लागि कति उपचार खर्च पाउने , उपचार सहयोग लिने प्रक्रियाको बारेमा ऐनमा व्यवस्था नहुदा सेवा लिन कठिनाइ भएको छ । राष्ट्रिय अपाङ्ग महासंघका कार्यक्रम तथा प्रशासन प्रमुख मनिस प्रसाई बताउनुहुन्छ ।
महासंघले ऐन प्रमाणिकरण भए लगत्तै अपाङ्गता भएका व्यक्तिको अधिकारलाइ उपयोग गर्न सजिलो हुने गरि नियमावलि बनाएर कार्यान्वयनमा लैजान सुझाब दिएको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्र्तगत अपाङ्ग अधिकार प्रवद्र्धन शाखाका प्रमुख केशव भट्टराई प्रक्रियामा रहेको बताउनुहुन्छ ।
बनेका ऐन कार्यान्वयनका लागि आवश्यक नियमावलि नबन्दा पाएको अधिकार उपयोग गर्न नपाएको अपाङ्गता भएका व्यक्तिहरुको गूनासो छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६