काठमाडौँ । धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर आज दीपावलीसहित लक्ष्मीपूजा मनाइँदै छ ।
कात्तिक कृष्ण औसीको रातमा घरको अट्टालिका, बुइँगल, कोठाचोटालगायतका कुनाकाप्चाका फोहोर हटाई लिपपोत गरेर शुद्धताका साथ लक्ष्मीको आराधना गरिन्छ ।
मुलुकभरका लक्ष्मी मन्दिरमा आज भक्तजनको मेला भीड लाग्ने गरेको छ ।
तराईमा काली चौदशको नाममा यो दिन महाकालीको पूजा गरिन्छ ।
भगवान् कृष्णले नरकासुर राक्षसको बध गरेको दिनको स्मृतिमा हिजो अपमार्गको जरालाई टाउकोमा तीन फन्का घुमाएर स्नान गरी नरक चतुर्दशी मनाइएको थियो ।
आज गाईपूजा गरेर जनै पूणर्िमामा लगाइएको डोरो गाइको पुच्छरमा बाँध्ने चलन छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८, ०८:२१