काठमाडौँ । तिहार मनाउनका लागि काठ्माण्डौँ उपत्यकाबाट हिजो साँझसम्म करिब २ लाख मानिस बाहिरिएका छन् ।
यो सङ्ख्या दसैँको तुलनामा ८० प्रतिशतले कम हो ।
दसैँमा लगभग १० लाख मानिस काठ्माडौँ उपत्यकाबाट बाहिरिएका थिए । दसैँ सुरु हुनु हप्ता दिन अघिबाटै बाहिरिने यात्रुको भीड लाग्छ ।
तिहारमा भने दसैँको तुलनामा औसत रुपमा मात्र उपत्यकाबाट यात्रु बाहिरिने गरेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुसिलसिंह राठौरका अनुसार हिजो सम्म १ लाख ९१ हजार ४ सय १३ जना तिहारका लागि काठ्माण्डौँ उपत्यकाबाट बाहिरिएका हुन् ।
तिहारमा सार्वजनिक बिदा कम हुने भएकाले पनि कमै यात्रुले उपत्यका छाड्ने गर्छन् । जसले गर्दा तिहारमा चहलपहल घट्दैन ।
प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७८, ०९:५१