काठमाडौँ । भारतको असमवासी नेपाली भाषी साहित्यकार लीलबहादुर क्षेत्रीले आफूले पद्मश्री सम्मान पाएकोमा खुसी लागेको बताउनुभएको छ ।
सम्मान ग्रहणपछि भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा आफूले सम्मानका लागि नलेखेको तर पाठकको मायापछि भारत सरकारले पनि सम्झेकोमा खुसी लागेको बताउनुभयो ।
क्षेत्रीलाई भारत सरकारले हिजो यसवर्षको पद्मश्री सम्मान प्रदान गरेको हो ।
राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा छेत्रीलाई राष्ट्रपति रामनाथ काेविन्दले सम्मान हस्तान्तरण गर्नुभएको हो । उहाँलाई साहित्य र शिक्षामा पुर्याएको योगदानका लागि सम्मान प्रदान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भारत सरकारले यसवर्ष ७ जनालाई पद्मविभूषण, १६ जनालाई पद्मभूषण अनि १ सय १८ जनालाई पद्मश्री पुरस्कार प्रदान गरेको छ ।
क्षेत्रिका 'बसाइँ' र 'ब्रह्मापुत्रको छेउछाउ' लगायतका उपन्यास चर्चित छन्। सन् १९८७ मा 'ब्रह्मापुत्रको छेउछाउ' कृतिका लागि उहाँले साहित्य अकादमी पुरस्कार पाउनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८, १०:३८