काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ दिई यो वर्षको छठ आज बिहान सकिएको छ ।
हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो भने आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिएको हो ।
तराई मधेशका जिल्लाहरुमा विशेष धुमधामकासाथ मनाइने यस पर्वमा पोखरी,ताल नदी तथा जलाशयहरुलाई सिङगारेर छठघाट बनाएर यो पर्व मनाउने गरिन्छ ।
दीपावली सकिएको ६ दिनपछि हुने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले माछा कोदो नखाने,दोस्रो दिन न्हाँ खाँ गर्छन् भने तेस्रो दिन दिनभरि उपवास बसेर साँझ सखर मिलाएको खिर खाइन्छ जसलाई खरना भनिन्छ ।
चौथो दिन छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिइने र अन्तिम तथा पाँचौ दिन उदाँउदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।
अन्न, तरकारी मसलामा प्रयोग गर्ने वनस्पति केरा लगायतका सामग्रीलाई प्रसाद बनाई चढाउने छठ पर्व परिवारिका सुख शान्ति र निरोगी रहने विश्वासका साथ यो पर्व मनाउने गरिन्छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८, ०९:५७