काठमाडौँ । अमेरिकामा जन्मिएको एक शिशुलाई विश्वकै कम तौल भएको घोषणा गरिएको छ ।
अलाबाको बर्मिङ्घममा एक पाउण्डको शिशु जन्मिएको थियो । २१ हप्तामा जन्मिएका कर्टिस मीन्सको तौल जम्मा ४ सय २० ग्राम थियो ।
यो शिशुलाई विश्वकै सबैभन्दा सानो बच्चा घोषणा गरिएको हो । सामान्यतया गर्भ रहेको ४० हप्तामा शिशु जन्मने भए पनि कर्टिस २१ हप्तामा मात्रै जन्मिएका थिए ।
यस हिसाबले पनि उनी सामान्य नवजात शिशुको तुलनामा करिव १९ हप्ता पहिले नै जन्मिएका हुन् ।
शिशुको आमा मिशेल बटलरलाई सन् २०२० जुलाइ ४ मा सुत्केरी बेथा लागेपछि अस्पताल लगिएको थियो ।
उहाँले त्यसको भोलिपल्ट जुम्ल्याहा शिशुलाई जन्म दिनुभएको थियो । तर एक शिशुको भने भोलिपल्टै मृत्यु भएको थियो ।
झण्डै तीन महिनासम्म भेन्टिलेटरमा राखिएको शिशुलाई २ सय ७५ दिनपछि मात्रै अस्पतालबाट घर पठाइएको थियो ।
यसअघि २१ हप्ता दुइ दिनमा जन्मिएको शिशु विश्वकै कम तौल भएको भनिएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८, १६:२१