काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनका पदाधिकारीसँग छलफल गर्दै हुनुहुन्छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनका पदाधिकारीलाई प्रधानमन्त्री देउवाले छलफलका लागि बिहान साढे १० बजे बोलाउनुभएको हो ।
त्यही अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाने तयारीमा आफूहरू रहेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सीआइएनसँग बताउनुभयो ।
यसअघि गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई अवधारणापत्र बुझाएको थियो ।
त्यही अवधारणापत्र आज प्रधानमन्त्री देउवालाई पनि बुझाउने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिगर्मन र नेपाल बारले अघि सारेको न्यायालय शुद्धिकरणको अवधराणका विषयमा छलफल हुने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८, ०९:०२