काठमाडौँ । राप्रपा नेपालको काठमाडौँमा जारी महाधिवेशनबाट नेता राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी हुनुभएको छ ।
जम्मा खसेको ३८ सय ६५ मध्ये लिङ्देन १८ सय १७ मत पाएर विजयी हुनुभएको हो भने अध्यक्ष पदका प्रतिस्पर्धी कमल थापाले १६ सय १७ मत पाउनुभएको महाधिवेशन प्रचारप्रसार समिति संयोजक मोहन श्रेष्ठले सीआईएनसँग बताउनुभयो ।
लिङ्देनले २ सय मत अन्तरले थापालाई पराजित गर्नुभएको हो । संयोजक श्रेष्ठका अनुसार जम्मा खसेको ३८ सय ६५ मत मध्ये ४ सय ३१ मत बदर भएको छ ।
अध्यक्षमा लिङ्देन विजयी भएको घोषणा हुन बाँकी छ । अरु पदाधिकारीको मतगणना पनि सकिएको छ तर घोषणा हुन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८, ०७:०६