काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि दुई दिन एकान्तवासमा जानुहुने भएको छ ।
पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश सम्मेलनको तयारी र अध्ययनका लागि प्रचण्ड काठमाडौँ उपत्यका नजिक कुनै एकान्त स्थानमा जाने तयारीमा रहेको खुमलटार स्रोतले सीआईएनलाई जानकारी दिएको छ ।
'निवासमा नेताकार्यकर्ताहरुको भीडभाड हुने भएका कारण उहाँले पार्टीको राष्ट्रिय सम्मलनको बारेमा तयारी गर्न पाइएन भन्नुभएको छ ।
अबका दुई दिन उहाँ अध्ययनमा व्यस्त रहनुहुन्छ।' अध्यक्ष प्रचण्डको सचिवालयले भनेको छ ।
प्रदेश सम्मेलन, राष्ट्रिय सम्मलनका लागि एकान्तवासमा भए पनि प्रचण्डले अनौपचारिक रुपमा भने कुराकानी र छलफललाई निरन्तरता दिनुहुने भएको छ ।
यही मङ्सिर २५ मा माओवादीको प्रदेश सम्मेलन हुँदैछ भने पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्म्लनको तयारी गरिएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८, ०७:३२