काठमाडौं । नेपाली काँग्रेस भित्र यस महाधिवेशनमा गुटगत राजनीति झन् बढेको छ । नेपाली काँग्रेसभित्र संस्थापन र इतर समुहबीचको गुट लामो समय देखि नै थियो । त्यसमा कृष्ण प्रसाद सिटौला पक्षधर पनि थिए । तर यस पटकको महाधिवेशनबाट शेखर कोइराला र प्रकाशमान सिंहको अलग्गै गुट देखिएको छ भने केन्द्रीय र क्षेत्रीय गुटहरु पनि थपिएका छन् ।
काँग्रेस भित्र बढेको गुटगत राजनीतिले कार्यकतालाई नै निरास बनाएको छ । महाविधेशनमा सहभागी हुन आउनुभएका पर्वतका बलराम भण्डारी नेताहरूबीच एकले अर्कालाई स्वीकार गर्ने प्रवृति नहुँदा गुटको राजनीति बढेको बताउनुहुन्छ ।
कतिपयले आफ्नो योगदान र क्षमतालाई ख्याल नगरि आकांक्षा राख्दा पनि गुट बनिरहेको उहाँको बुझाइ छ । यसपटकको महाधिवेशनमा लामो समयसँगै रहेका नेताहरु अलग,अलग भएका छन् भने पार्टी भित्र नयाँ धार जन्मिएको छ । दोलखाका राजेन्द्र लक्ष्मि खरेल शिवाकोटी भने पार्टी भित्र युवाहरू पुस्ताले स्थान नपाउँदा गुटको राजनीति अन्त्य नभएको बताउनुहुन्छ । क्षमता भएका युवा पुस्तालाई पुराना पुस्ताले अवसर दिने हो भने पार्टी संगठन बलियो हुने उहाँको धारण छ । कतिपय पार्टीमा पुराना पुस्ताका नेताले नेतुत्व छोड्न नचाहदाँ गुटगत राजनीति बढेको बताउँछन् ।
काँग्रेस भित्र बढेको गुटगत राजनीतिले कार्यकतालाई नै निरास बनाएको छ ।
नेपाली काँग्रेस सल्यान जिल्लाका पूर्वसभापती गणेश चन्द भने नेतृत्व खोजेर गुट बनाउनुलाइ स्वभाविक मान्नुहुन्छ । गुट बिना नेतुत्वमा आउन चाहेका व्यक्तिले अवसर नपाउने अवस्था रहेको उहाँको बुझाइ छ । महाधिवेशन पछी भने गुटको राजनीति देखिन नहुने उहाँको भनाइ छ ।
पार्टीमा गुटगत राजनीति बढ्नुमा नेता मात्र नभएर कार्यकर्ता पनि उत्तिकै जिम्मेवार भएको एक जना नेता सन्त प्रसाद श्रेष्ठ बताउनुहुन्छ ।
उहाँले नेतृत्वले चाहेको खण्डमा गुट र विभाजन रोकिने धारणा राख्नुहुन्छ । यसपटकको महाधिवेशनमा बिगतको भन्दा झन् धेरै गुट देखिएकै कारण उद्घाटन शत्रमा सभापति देउवाले यसले आगामी निर्वाचनमा असर पार्न नहुने बताउनुभएको थियो । अहिले गुट चलेपनि महाधिवेशन पछि गुटउपगुट अन्त्य हुने आसा नेता कार्यकर्ताको पनि छ ।
काँग्रेसको जारी महाधिवेशनमा गुटगत राजनिति चर्को देखिएको छ ।
अस्ति देखि सुरु भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा भोली मात्रै मतदान हुने छ । सभापतिमा मात्रै ६ जनाको उम्मेद्वारी परेको छ । २ महामन्त्रीको लागि ६ जनाले उम्मेद्वारी दिएका छन् भने ८ सहमहामन्त्रीको लागि २० जनाको उम्मेद्वारी परेको छ । काँग्रेसको जारी महाधिवेशनमा गुटगत राजनिति चर्को देखिएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८, १६:४५