काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद भवन नयाँबानेश्वरको बैठकस्थलको निरीक्षण गर्नु भएको छ ।
उहाँले आज बिहान ११ बजे निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भोलिदेखि सुरु हुने अधिवेशनका लागि संघीय संसदका तर्फबाट सबै तयारी पूरा भएको बताउनुभयो ।
संसद बैठक तयारीकै सन्दर्भमा आज विहान संघीय संसद भवन नयाँ बानेश्वरमा सभामुख सापकोटाले एन्टिजेन विधिबाट कोभिड १९ को परीक्षण गराउनु भएको थियो ।
जाँचमा रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयले जनाएको छ ।