काठमाडौँ । नेपाली काँग्रेसको आगामी सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता कायमै राख्नु भएको छ ।
२ हजार ७ सय ७७ मत गणना भएकोमा देउवाले १३ सय १८ र सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १ हजार २३ मत पाउनु भएको छ ।
सभापतिका उम्मेदवार प्रकाशमान सिंहले २ सय ५ मत पाउँदा विमलेन्द्र निधिले १ सय ६६ र कल्याण गुरुङले १२ मत पाउनु भएको छ । सुरुमा सभापतिको मतगणना सुरु गरिएको छ ।
जम्मा ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको काँग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८, ०७:४४