काठमाडौँ । नेपाली काँग्रेसको भावी सभापति छान्नका लागि आजै दोस्रो चरणको मतदान हुने भएको छ ।
सभापतिको टुङ्गो लगाउन आजै निर्वाचन हुने काँग्रेसको निवार्चन समितिले जनाएको छ ।
आज बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवारले बहुमत प्राप्त नगरेपछि दोस्रो चरणको निर्वाचन गर्नुपरेको हो ।
सभापतिमा विजयी हुनका लागि कुनै पनि उम्मेदवारलाई २३ सय ४० मत आवश्यक थियो ।
तर सभापतिको मतगणना सकिँदा वर्तमान सभापति शेरबहादुर देउवाले २२५८ र उहाँका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १७ सय २९ मत पाउनुभयो ।
सभापति पदका अर्का उम्मेदवार प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ४९ र कल्याण्ड गुरुङले २० मत पाउनुभयो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८, ०९:३५