काठमाडौँ । जारी १४ औँ महाधिवेशन अन्तर्गत नेपाली काँग्रेसको भावी सभापति छान्नका लागि दोस्रो चरणको मतदानमा नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्नुहुने भएको छ ।
सभापतिका लागि पहिलो चरणमा भएको मतदानमा नेता सिंह उम्मेदवार बन्नुभएको थियो । तर आज बिहान भएको देउवासँगको छलफलपछि नेता सिंहले यस्तो निर्णय लिनुभएको उहाँका सहयोगी यूपी लामिछानेले सीआईएनसँग बताउनुभयो ।
सभापतिको पहिलो चरणको मतगणनामा वर्तमान सभापतिसमेत रहनु भएका शेरबहादुर देउवाले २२५८ र उहाँका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १७ सय २९ मत पाउनुभयो ।
सभापति पदका अर्का उम्मेदवार प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ४९ र कल्याण्ड गुरुङले २० मत पाउनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८, ११:२३