काठमाडौँ । कोरोनाविरुद्धको २१ लाख ७६ हजारभन्दा धेरै जोन्सन एन्ड जोन्सनको खोप आज नेपाल आइपुगेको छ ।
यो खोप एक मात्रा लगाए पुग्छ ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार आज बिहान २१ लाख ६७ हजार ६ सय ५० मात्रा खोप आएको हो ।
उहाँका अनुसार युनिसेफमार्फत खोप नेपाल आइपुगेको हो ।
योसँगै नेपालले जोन्सन एन्ड जोन्सनको खोप ३७ लाख ११ हजार पाँच सय मात्रा प्राप्त गरेको छ।
यसअघि अमेरिकाले कोभ्याक्समार्फत १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई दिएको थियो ।
स्वासथ्य मन्त्रालयका अनुसार अनुदानसहित अहिलेसम्म नेपालमा तीन करोड ५४ लाख ५९ हजार ३ सय ८० मात्रा खोप बिभिन्न कम्पनीबाट नेपाल आइसकेको छ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८, १४:२०