काठमाडौँ । काँग्रेस नेतासमेत रहनुभएका रक्षा मन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामाको घोषणा गर्नुभएको छ ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत रिजालले राजीनामा दिने जानकारी गराउनु भएको हो ।
राजीनामाको बारेमा थप जानकारी दिन उहाँले आज दिउँसो ४ बजे रक्षा मन्त्रालयमा पत्रकारसम्मेलनको आयोजना गर्न लागेको बताउनुभयो ।
'नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।' मन्त्री रिजालले लेख्नु भएको छ ।
रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षा मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८, १४:३३