काठमाडौँ । रक्षा मन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएको छ ।
रिजालले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउनु भएको हो ।
काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचानमा महामन्त्रीमा उम्मेदवारी दिनुभएका रिजाल पराजित भएपछि रक्षाा मन्त्रीबाट राजीनामा दिनुभएको हो ।
'नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु।'
मन्त्री रिजालले सामाजिक सञ्जाल फेसवुकमा लेख्नु भएको छ ।
रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षा मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८, १५:५८