काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको मतदानमध्ये विभिन्न ५ क्षेत्रतर्फ सहमहामन्त्री र अरु पदको मतगणना आज बिहानबाट सुरु हुने भएको छ ।
गएराति महिला, आदिवासी जनजाति र दलिततर्फको सहमहामन्त्रीको मतदान सकिएको थियो ।
खसआर्य, मुस्लिम, थारु, पिछडिएको क्षेत्र, लगायतका पदमा भएको निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि सुरु हुने काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सिताराम केसीले सीआईएनसँग बताउनुभयो ।
खसआर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे, मधेशीतर्फ महेन्द्र यादव, रञ्जीत कर्ण र रामकृष्ण यादवले उम्मेदवारी दिनुभएको छ ।
मुश्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकीलले उम्मेदवारी दिनुभएको छ । थारुतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरीले उम्मेदवारी दिनुभएको छ ।
पिछडिएको क्षेत्रबाट चेतराज बजाल, जीवनबहादुर शाही र बद्री पाण्डेले उम्मेदवारी दिनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८, ०७:२६