काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निणर्य आज सार्वजनिक गर्दैछ ।
गत शनिबार र आइतवार बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निणर्य दिउँसो साढे १ बजे सार्वजनिक गर्न लागिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सीआइएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार नवनिर्वाचित महासचिव शङ्कर पोखरेलले पत्रकार सम्मेलन गरेर बैठकको निणर्य सार्वजनिक गर्नुहुनेछ ।
चितवनमा गत मङसिर १० देखि १४ गतेसम्म भएको १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।
बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८, ०९:०८