काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश २ मा भोलि प्रदेश सम्मेलनको बन्द सत्र सुरु गर्ने भएको छ ।
प्रतिनिधि चयनमा कुरा नमिल्दा प्रदेश २ मा बन्दसत्र सुरु हुन सकेको छैन । त्यहाँ भोलिमात्रै बन्दसत्र सुरु गर्ने तयारी भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले सीआइएनसँग बताउनुभयो ।
प्रदेश २ बाहेकका प्रदेश कमिटी गठन गरिसकेको माओवादी केन्द्रले जनाएको छ । सचिव ढकालका अनुसार पार्टीले आन्तरिक रूपमा विभागीय प्रतिनिधि छनोटको कामलाई पनि तीव्रता दिएको छ ।
माओवादीको ३४ वटा विभाग छन् । ती विभागबाट कम्तिमा तीन जना प्रतिनिधि सम्मेलनको लागि छनोट हुने पनि उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८, ०९:२३