काठमाडौं । आज बुधबार बिहान राजधानीसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान साढे ६ बजे भूकम्पको ठूलो धक्का महसुस गरिएको हो । बिहान ६ :२९ बजे भूकम्पको धक्का महसुस गरिएको हो । धादिङको नौविसेलाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
६ बजेर ४० मिनेटमा ती भूकम्पका अर्को धक्का महशुस गरिएको छ । १२ मिनेटको फरकमा गएका दुई मध्ये पहिलो भूकम्पको धक्का ५.२ र दोश्रो ४.३ म्याग्निच्यूडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। दुवै परकम्पको केन्द्रविन्दु धादिङको नौबीसे रहेको भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पले हल्लाएपछि धेरै मान्छे घरबाहिर निस्किएका थिए । खानी तथा भूगर्भ विभागको भूकम्प मापन केन्द्रका अनुसार बिहान ६:२९ बजे रेकर्ड गरिएको पहिलो भूकम्प लोकल म्याग्निट्युडमा ५.२ र ६:४० बजे रेकर्ड गरिएको दोस्रो भूकम्प लोकल म्याग्निट्युडमा ३.० क्षमताका थिए। म्याग्निट्युड ५.० वाट त्योभन्दा ठूला भूकम्पलाई मध्यम वर्गको भूकम्प मानिन्छ र त्यसले क्षति पनि पुर्याउन सक्छ।
भोलि २०७२ साल वैशाख १२ गते गोरखाको वारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुँदैछ । भूकम्प गएको चार वर्ष हुन लाग्दा पनि नेपालमा परकम्पको शृङ्खला रोकिएको छैन।
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६, ०६:४५