काठमाडौँ । सङ्घीय संसदमा जारी अवरोध हटाउन तथा एमसीसी परियोजना बारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलीय बैठक बोलाउनु भएको छ ।
अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो ।
बैठकमा एमसीसी परियोजना बारे छलफल गर्न संसदमा प्रस्ताव लैजाने विषयमा छलफल हुने छ भने संसदको गतिरोध हटाउने बारेमा पनि छलफल गरिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बैठकमा संसदमा सहभागी सबै राजनीतिक दल र पूर्व प्रधानमन्त्रीलाई बोलाइएको छ ।
अमेरिकासँग गरिएको एमसीसी सम्झौता छलफलका लागि संघीय संसदमा प्रस्ताव दर्ता भए पनि सत्तारुढ दलहरूबीच नै एकमत नहुँदा अगाडि बढ्न सकेको छैन ।
सर्वदलीय बैठक बस्नुअघि सत्तापक्षीय दलहरूको बैठक बस्ने तयारी पनि भएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८, ०९:०१