काठमाडौँ । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनको बेलामा आफूलाई भोट नहाल्नेहरुलाई पनि समेटेर अघि बढ्ने बताउनुभएको छ ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण कार्यक्रममा सभापित देउवाले यस्तो बतानु भएको हो ।
'३३ प्रतिशत महिला, आदिवासी जनजातिलगायत सबै नेपालीलाई आत्मसात गर्दै पार्टीलाई अगाडि बढाउने छु ।' उहाँले भन्नुभयो । 'म सबैको सभापति हुँ । सबैको भावनाको कदर गर्दै पार्टीलाई अगाडि बढाउँछु ।'
आगामी दिनमा सबैको साथ पाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: शनिबार, पुस १०, २०७८, १५:०७