काठमाडौँ । २०६३ सालमा सशस्त्र युद्ध त्यागेर मूलधारको राजनीतिमा प्रवेश गरेपछिको पहिलो संविधानसभा चुनावमा माओवादीले केही सफलता हासिल गर्यो ।
त्यसपछि भने पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको राजनीतित यात्रा सङ्घर्षपूर्ण तर निरन्तर छ ।
युद्धकालीन सहयात्रीहरूसँगको निरन्तरको बिछोड मात्रै होइन, पछि जोडिएका सहकर्मी दल र नेतासँगको सम्बन्ध बीचैमा टुटेपछि पार्टी बलियो बनाउने शर्तमा नीति नै बदल्ने निष्कर्षमा प्रचण्ड पुग्नुभएको छ ।
माओवादी मामिलाका जानकार, लेखक तथा पत्रकार नेत्र पन्थीको विचारमा प्रचण्ड अब जनयुद्धकालीन मुद्दा परिमार्जन गर्ने सोँचमा हुनुहुन्छ ।
‘जनयुद्धकै जग र मुद्दा आज प्रचण्डका लागि कुनै पनि आवश्यकता रहेन । जनयुद्धको विरासत दायाँबायाँ हुन नदिएर पार्टी चलाउने, सकेसम्म केन्द्रीय राजनीतिमा प्रभाव बढाउने प्रचण्डको रणनीति देखिन्छ।’ पन्थीले थप्नुभयो ।
‘प्रचण्डपथ भनेको प्रचण्डको निजी विचार मात्रै होइन, दस वर्षको सम्पत्तिको रूपमा थियो । त्यसलाई पनि जगेर्ना गर्नुपर्ने गरी त्यो कोणबाट पनि बहस चलिरहेको छ । ’ नेता महतले भन्नुभयो ।
तीनै तहको निर्वाचनको सम्मुखमा हुन लागेको राष्ट्रिय सम्मेलनमा माओवादीले प्राप्त उपलब्धि र बेहोरेको क्षतिका विषयमा समीक्षा गर्दा आउँदो चुनावमा आफ्नो साख बढाउने नभए थप खस्किन नदिने उपायको खोज गर्नेछ ।
त्यसका लागि पार्टीले लिँदै आएको नीति परिवर्तनको पक्षमा सबै नेता देखिएको माओवादी केन्द्रका एक जना नेता सत्य पहाडीको भनाइ छ ।
२१ औँ शताब्दीको वैज्ञानिक समाजवादको यात्रा पार्टीले सुरु गरिसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यही कुरा सही हो कि होइन भन्ने बारेमा सम्मेलनको बेलामा छलफल हुन्छ । नेपाली समाज अनुसारको समाजवादको खाका तयार गनुपर्नेमा सबै नेताको बीचमा एक मत छ ।’
१५ वर्षे अवधिमा माओवादीले संसदमा पहिलो पार्टी बन्नेदेखि निर्वाचनमा अनपेक्षित हार, जनयुद्धताकाका शीर्ष नेताहरूको बहिर्गमन र एमालेसँगको असफल एकतासम्म झेल्यो ।
एमाले र काँग्रेसका कारण पनि माओवादी केन्द्र दबाबमा छ । त्यसैले पनि माओवादी केन्द्रलाई अहिलेको नीति फेरेरै भए पनि चुनाव केन्द्रीत गर्ने रणनीति सम्मेलनबाट पारित गराउने अध्यक्ष प्रचण्डको मनसाय देखिन्छ ।
पार्टीका केही शक्तिशाली नेता एमालेमै रहँदाको प्रभाव कम गर्न पनि माओवादी आफ्नो विरासत फर्काउन चाहान्छ । नेता कमला रोकाले माओवादीभन्दा बाहिर गएकासँग पनि एकताको ढोका खुला गर्ने र कार्यगत एकताका लागि पनि लचक हुने गरी नीति पारित गराउनुपर्ने बताउनुभयो ।
अर्का नेता गजेन्द्र महत भने फरक विचार राख्नुहुन्छ ।
‘प्रचण्डपथ भनेको प्रचण्डको निजी विचार मात्रै होइन, दस वर्षको सम्पत्तिको रूपमा थियो । त्यसलाई पनि जगेर्ना गर्नुपर्ने गरी त्यो कोणबाट पनि बहस चलिरहेको छ । ’ नेता महतले भन्नुभयो ।
पार्टी राजनीतिमै अध्यक्ष प्रचण्ड कमजोर देखिएको विश्लेषण भइरहेका छन् ।
त्यसो हुँदा पनि राष्ट्रिय राजनितिमा भने आफ्नो दबदबा कायमै राख्न पार्टी एकतादेखि कार्यगत एकतासम्म स्वीकार गर्ने राजनीतिक दस्तावेज उहाँले तयार पार्नुभएको छ ।
आफ्नो अङ्क गणितले सत्ता राजीतिलाई हेरफेर गर्नसक्ने र त्यो शक्तिका बलमा राष्ट्रिय राजनीतिमा फेरि अर्को ५ वर्ष आफू केन्द्रमा भइरहन पनि प्रचण्डले सबै खालका विकल्प खुला गर्ने माओवादी मामिलाका जानकार, लेखक तथा पत्रकार पन्थीको आँकलन छ ।
एमाले र काँग्रेसका कारण पनि माओवादी केन्द्र नैतिक दवावमा छ ।
त्यसैले माओवादी केन्द्रलाई अहिलेको नीति फेरेरै भए पनि चुनाव केन्द्रीत गर्ने रणनीति सम्मेलनबाट पारित गराउने अध्यक्ष प्रचण्डको मनसाय देखिन्छ ।
यससम्बन्धी रिपोर्ट सुन्नुहोस् ।
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८, ०७:१३