काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा आज बन्दशत्र सुरु हुँदैछ । हिजो काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशनको उदघाटन गरिएको थियो ।
बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले सीआइएनसँग बताउनुभयो । उहाँका अनुसार आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज प्रस्तुत गर्नु हुनेछ ।
त्यसपछि समूह विभाजन गरेर छलफल गर्ने तयारी छ ।
राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गर्ने कार्यसूची रहेको उहाँले बताउनुभयो ।
सकेसम्म सहमति गरेर नेतृत्व चयन गर्ने माओवादीको योजना छ ।
सहमति नभए मतदानमा जान सकिने कार्यालय सचिव ढकालले बताउनुभयो । सुरुमा राष्ट्रिय सम्मेलन भन्दै आएको माओवादीले उद्घाटनको अघिल्लो दिन अस्ति शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो ।
महाविधेशनमा एक हजार ६ सय ३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ । महाधिवेशनमा सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सहभागी छन् ।
हिजो बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने निणर्य गरेको छ ।
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८, ०९:२७