काठमाडौं । हिउँदे वर्षाका कारण देशभरको चिसो बढेको छ ।
पानीसँगै हिउँ परेपछि हिमाली तथा पहाडी जिल्लाका नागरिकको जनजीवन प्रभावित बनेको छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ ।
पश्चिमी वायुको प्रभावले हिजोदेखि नै देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने क्रम सुरु भएको थियो ।
सीआईएनसँग कुरा गर्दै मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले यो प्रणाली पश्चिमबाट पूर्वतिर सर्ने क्रममा रहेकाले पानी पर्ने क्रम बढेको जानकारी दिनुभयो ।
उहाँका आजदिनभरी नै देशभरि पानीपरेपनि भोलिदेखि भने पानी र हिउँ पर्ने क्रम कम हुँदै जाने छ । भारी मात्रामा परेको हिउँ र वर्षाका कारण ठाउँठाउँमा सडक अबरुद्ध भएका छन् ।
उहाँका आजदिनभरी नै देशभरि पानीपरेपनि भोलिदेखि भने पानी र हिउँ पर्ने क्रम कम हुँदै जाने छ ।
विहानदेखि भारी हिमपात हुँदा हुम्लामा हवाई सेवा समेत अवरुद्ध भएको छ ।
नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका तारा, सिता, समिट एयरको उडान प्रभावित भएको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, तरकारी, लगाएत सामग्री ढुवानी समेत प्रभावित भएको छ ।
लगातारको भारी हिमपातका कारण हिमाली जिल्लाका नागरिक घरबाट निस्कन सकेका छैनन् भने विद्यालय समेत बन्द भएको छ । कार्यालयमा काम गर्नेहरू पनि हिमपातका कारण प्रभावित भएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८, १६:०२