काठमाडौँ । एक्कासी बढेको चिसोका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ ।
यो बेलामा चिसोबाट जोगिनका लागि न्यानो लुगा लगाउनु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
कतिपयले भने जाडो छल्न आगो ताप्ने, हिटर बाल्ने लगायतका अभ्यास गरेको पाइन्छ । स्वास्थ्यका दृष्टिले यसो गर्नु घातक हुने चिकित्सकहरुको भनाइ छ ।
आगो ताप्दा वा हिटर बाल्दा ध्यान दिनुपर्ने कुराहरुः
- हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गरौँ।
- कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौँ।
- आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौँ।
- आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाऔँ ।
- सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौँ।
- गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौँ।
- गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ।
प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८, १०:२८