काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन आज पारित भएको छ ।
राजनीतिक प्रतिवेदन एकमतले पारित भएको पार्टी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक दस्तावेजमा २५ समूहबाट मौखिक र लिखित सुझाव पेश भएका थिए । विधान मस्यौदा भने भोलि मात्रै पारित हुने नेताहरुले बताएका छन्।
महाधिवेशन अन्तर्गत भोलिदेखि केन्द्रीय समिति, पदाधिकारी छनोटकको प्रक्रिया पनि सुरु हुने माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८, १८:२४