काठमाडौं । झन्डै ९ हजार मानिसको मृत्यु हुनेगरी विनाशकारी भूकम्प गएको चार वर्ष पुगेको छ । ०७२ वैशाख १२ गते आजकै दिन गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । ०७२ वैशाख १२ को विनाशकारी भूकम्पले निकै जनधनको क्षति गर्यो । त्यसको तीन वर्ष बितिसक्दा पनि क्षतिग्रस्त संरचनाको पूननिर्माणले गति लिन सकेको छैन ।
२ लाख ३० हजार ६ सय ५८ परिवार पुनर्निर्माणका क्रममा रहेका जनाइएको छ । विद्यालय पुननिर्माणमा ८३ प्रतिशत प्रगति भएको प्राकिरणको भनाइ छ ।
कैयौं भूकम्पपीडित अझै पनि टहरामै बसिरहेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार २०७२ सालको भूकम्पमा ७ लाख ६७ हजार ७०५ घर भत्किएका थिए । अझै आधाघर बनि सकेका छैनन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण अन्तरगत निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धी हासिल गरेको जनाएको छ ।
अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३ सय ७ परिवारमध्ये ६ लाख १२ हजार ९ सय ३५ परिवार पुनर्निर्माणको प्रक्रियामा रहेको प्राधिकरणले जनाएको हो । जसमध्ये ५० प्रतिशत अर्थात् ३ लाख ८२ हजार २ सय ७७ परिवारले घर पुनर्निर्माण सकिसकेका छन् । बाँकी ३० प्रतिशत (२ लाख ३० हजार ६ सय ५८) परिवार पुनर्निर्माणका क्रममा रहेका जनाइएको छ । विद्यालय पुननिर्माणमा ८३ प्रतिशत प्रगति भएको प्राकिरणको भनाइ छ ।
भूकम्पबाट ७ हजार ५ सय ५३ विद्यालय क्षति भएकोमा ५९ प्रतिशत अर्थात् ४ हजार ४ सय ७६ विद्यालयको पुनर्निर्माण सकिएको र एकहजार ७ सय ७२ विद्यालय पुनर्निर्माणको क्रममा रहेको जनाइएको छ । प्राधिकरणका अनुसार स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ ६६ प्रतिशत उपलब्धी हासिल भएको छ । जसमा ५४ प्रतिशत (६४३) को पुनर्निर्माण सकिएको छ भने १२ प्रतिशत (१४५) पुनर्निर्माणको क्रममा रहेका छन् । पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माण अन्तरगत २२४ वटा अर्थात् ३० प्रतिशत पुननिर्माण सम्पन्न भएको र २२१ वटा अर्थात् २९ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको छ ।
सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा १४५ को पुनर्निर्माण सम्पन्न भएको छ भने ७१ वटा भवन पुनर्निर्माणको क्रममा रहेको छ । यस्तै सरकारी भवनको पुनर्निर्माणमा ९८ प्रतिशत उपलब्धी हासिल भएको र जसमा ६३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको र ३५ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको जनाएको छ ।
निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानी जस्ता संरचनाहरुको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको प्राधिकरणले जानकारी दिएको हो । प्राधिकरणले पुनर्निर्माण कार्य सम्पन्न गर्न करीब ४ खर्ब २९ अर्ब थप रकम आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । आज भकम्प गएको दिनको अवसर पारेर गोरखाको बारपाक, काठमाण्डुमा विभिन्न चेतनामुलक कार्यक्रा गरिदैछन ।
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६, ०८:३१