काठमाडौँ । पर्यटक भिसामा यूएई लगायतका विभिन्न मुलुक पुग्ने र उतै वैदेशिक रोजगारीमा लाग्नेको सङ्ख्या पछिल्लो समयमा बढेको पाइएको छ ।
कोरोना महामारीपछि विशेषगरी खाडी मुलुकमा म्यानपावर व्यवसायीहरूले यसरी नेपाली युवायुवतीलाई पठाउने गरेको र समस्या भएपछि उद्धारका लागि सरकारलाई गुहार्नेको सङ्ख्या बढेको पाइएको हो ।
वैदेशिक रोजगार विभागले वास्तविकता नबुझी सरकारले उद्धार प्रक्रिया सुरु गर्न नसक्ने बताएको छ ।
सीआईएनसँग कुराकानी गर्दै विभागका महानिर्देशक दीपक काफ्लेले पर्यटक भिसामा गएर उतै काम गर्नेलाई कुनै समस्या परेमा उद्धार गर्न नेपालले चाहे पनि प्रक्रिया नमिल्ने बताउनुभयो ।
उहाँका अनुसार पर्यटन भिसामा विदेश आएको र समस्यामा परेको भन्दै दैनिकजसो विभागमा निवेदन आउने गरेको छ ।
यस्तो समस्याबाट जोगिनका लागि वैदेशिक रोजगारीमा जानेले श्रमस्वीकृति अनिवार्य लिन पनि विभागले अनुरोध गरेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८, १४:५२