काठमाडौँ । बाढीपहिरो, डुबान लगायतका विपद्को जोखिममा रहेका वस्ती स्थानान्तरणका लागि सरकारले योजना बनाए पनि कार्यान्वयनमा ढिलासुस्ती गरेको पीडितहरूले बताउँदै आएका छन् ।
गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भने बस्ती स्थानान्तरणका लागि भौगर्भिक अध्ययनका कामलाई तीव्रता दिइएको दावी गरेको छ ।
सिन्धुपाल्चोकका बिभिन्न चारवटा वस्तीबाट अध्ययनको काम सुरु गरिएको र अहिले सुदूरपश्चिम, गण्डकी लगायतका जिल्लामा अध्ययन भइरहेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार स्थानीयबासी, स्थानीय सरकार र प्रशासनको सहकार्यमा जोखिममा रहेका बस्ती स्थानान्तरणको लागि सुरुमा भौगर्भिक अध्ययन गरिन्छ ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८, १४:५७