सागर खड्का, रेडियो मेलम्ची, सिन्धुपाल्चोक
२०७२ साल बैशाख १२ गतेको भूकम्पका कारण सिन्धुपाल्चोकमा सबैभन्दा बढि क्षति पुग्यो । आज भूकम्पको ४ वर्ष पुग्यो ।
८८ हजार २ सय ४९ भूकम्प प्रभावित लाभग्राहीमध्ये अहिले सम्म ६१ हजार ४ सय घर बनेका छन् । ७ हजार ८ सयको गुनासो संवोधन हुन बाँकी नै छ । उनीहरु अझै पनि टहरामा नै दिनरात कटाइरहेका छन् ।
उनीहरुले घर निर्माणको काम कहिलेबाट थाल्न पाउँछन् ? यो प्श्नमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई सिन्धपाल्चोकका प्रमुख जय प्रकाश गुप्ताले गाउँगाउँ खटिएका इन्जिनियरले तथ्यांक ल्याएपछि मात्रै भन्नु सकिने बताउनुभयो ।
भूकम्पले जिल्लाका ५ सय ३७ विद्यालयका ४७ सय कोठाहरु ध्वस्त भए । विद्यालयसहित मन्दिर, गुम्बा, मठ लगाएत अन्य संचरनाहरु पनि पुर्ननिर्माणको प्रक्रियामा छन् ।
अब २ वर्षभित्र पूर्णरुपमा पुनर्निर्माणको काम सकिने बताउनुहुन्छ, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख गौरी शंकर पाण्डे ।
झण्डै ८ हजार परिवारको घर निर्माण भएपछि सिन्धुपाल्चोकमा निजी आवास निर्माणका पूर्ण हुनेछ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६, १०:४६