काठमाडौँ । कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी) को बैठकले कोरोना नियन्त्रणका लागि १३ वटा सिफारिस गरेको छ ।
सीसीएमसीसीको आजको बैठकले स्वास्थ्य मन्त्रालयलाई छिटो औषधि खरिद गर्न सिफारिस गरेको छ । बैठकले गरेको सिफारिसको पहिलो बुँदामा औषधि खरिदलाई प्राथमिकता दिएको हो ।
२५ जना भन्दा बढीलाई भेला हुन नदिन गृह मन्त्रालयलाई सिफारिस गरेको छ भने सार्वजनिक स्थलमा माघ ७ गतेदेखि कोभिड कार्ड अनिवार्य गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
सँगै देशभरका आधारभूत र माद्यामिक विद्यालय माघ १५ गतेदेखि बिदा दिन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।
सीसीएमसीसीको पत्र प्राप्त भएपछि विद्यालय कहिलेदेखि बन्द गर्ने भन्ने निर्णय सरकारले गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माको भनाइ छ ।
सीसीएमसीसीको बैठकले गरेका १३ निर्णयहरुः
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८, २०:५०