काठमाडौँ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आजदेखि आचारसंहिता लागु भएको छ ।
निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि आजदेखि आचारसंहिता लागु भएको आयोगले जनाएको छ ।
आचारसंहिताको पालना गर्नु सबैको कानुनी तथा नैतिक दायित्व भएको र उल्लङ्घन भएमा कानूनी कारवाही हुने हुँदा आचारसंहिताको पूर्ण पालना गर्न गराउन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
तीनै तहको सरकार सबै मन्त्री, सरकारी तथा अर्ध सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारी, राजनीतिक दल तथा राजनीतिक दलका भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्ति, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, शिक्षकहरू सबैमा आचारसंहिता लागु हुने प्रवक्ता पौडेलले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८, १०:३५