काठमाडौँ । पर्सा वीरगञ्जका सुजित यादवका अनुसार भारतसँगको मुख्य नाका रक्सौलमा सुरक्षा व्यवस्था कडा छ तर अन्य खुला सीमा नाकामा मनलाग्दी मानिस आउनेजाने गरिरहेका छन् ।
तर, जिल्ला प्रशासन कार्यालय पर्सा भने रक्सौलसहित अन्य ३ नाकामा पनि कडाइ गरिएको दावी गर्छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पर्साको मुख्य भन्सार नाका रक्सौलमा दैनिक एक हजारदेखि १५ सय जना आवतजावत गर्ने गरेको र उनीहरूको एन्टिजेन परीक्षणका लागि व्यवस्था मिलाइएको बताउनुभयो ।
उहाँले सीमा नाकामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको टोली खटाइएको अनि ओहोरदोहोर गर्नेहरूको कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण पुष्टि भएकालाई आइसोलेसनमा पठाइने र सबै तथ्याङ्क सङ्कलन गर्ने गरिएको उहाँले प्रष्ट पार्नुभयो ।
हालसम्मको अवस्थालाई हेर्ने हो भने भारतमा जुन समय कोरोना महामारी तीव्र गतिमा फैलिन्छ, नेपालमा पनि त्यही बेला सङ्क्रमण दर बढ्छ ।
यसको मुख्य कारण भारत र नेपालसँगको खुला सीमा नाका नै हो ।
बाँकेमा मुख्य नाकामा मात्रै कोरोना सङ्क्रमण रोक्न सावधानी अपनाइएको प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद खत्रीको भनाइ छ ।
विशेषरी बाँकेको जमुनाह नाकामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको टोली कोरोना जोखिमलाई ध्यानमा राखेर खटाइएको उहाँले बताउनुभयो ।
भारतबाट नेपाल प्रवेश गर्नेहरूको कोरोना परीक्षण गर्ने वा थप पुष्टिका लागि कतिपय अवस्थामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि स्वाब पठाउने गरिएको भन्दै प्रजिअ खत्रीले कोरोना पुष्टि भएकालाई आइसोलेसनमा राख्ने व्यवस्था लिलाइएको दावी गर्नुभयो ।
नेपाल-भारतबीच जोडिएका ७५ मुख्य, ४ सय ९१ सहायक र ४ सय २९ कहिलेकाहीँ खुल्ने नाकाहरू छन् ।
खुला सीमानाका कति छन् भन्ने तथ्याङ्क नभएका कारण पनि कोरोनाको जोखिम धेरै छ भन्नुहुन्छ , कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे ।
उहाँका अनुसार कञ्चनपुरको गड्डाचौकी र बेलौरी नाकाबाट प्रवेश गर्नेहरूको कोरोना परीक्षण गर्ने र पुष्टि भएमा आइसोलेसनमा पठाउने गरिएको छ ।
उहाँले कोरोनाविरुद्धको खोप नलगाइकन नेपाल प्रवेश गर्नेलाई पनि खोप लगाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेश, कोरोनाका कारण उच्च जोखिममा रहँदै आएको छ । विशेषगरी खुला सीमाका कारण सुदूरपश्चिमका विभिन्न जिल्ला कोरोनाका कारण उच्च जोखिममा पर्दै आएको छ ।
एउटा नाकाबाट दैनिक १५ सयदेखि दुई हजार मानिस आउजाउ गर्छन् । यसो हुँदा नेपाल-भारत बीचका मुख्य र सहायक नाकाबाट दैनिक आउनेजानेको सङ्ख्या डेढ लाखभन्दा बढी हुन्छ ।
कोरोनाको तेस्रो लहर फैलिन नदिन सरकारको ध्यान सहायकभन्दा मुख्य नाकामा मात्रै केन्द्रित भएको देखिन्छ ।
कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रका प्रवक्ता सुनिता नेपालका अनुसार सीसीएमसीले सबै जिल्लालाई आवश्यक तयारीका लागि निर्देशन दिइसकेको छ । आवश्यकता अनुसार सीसीएमसीले थप निणर्य गर्नेपनि उहाँको भनाइ छ ।
सीमानाकामा भएको कमजोर व्यवस्थापनका कारण कोरोनाको पछिल्ला दुई लहरबाट धेरै जनधनको क्षति भएको सरकारकै निष्कर्ष छ ।
तेस्रो लहरको जोखिम हुँदा सहायक नाकामा कडाइ गरिएन भने फेरि कोरोना महामारी नियन्त्रण बाहिर जानसक्ने विज्ञहरूले भन्दै आएका छन् ।
नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणको दरले तीव्रता पाउन थालेपछि सबैको चिन्ता बढेको छ ।
अस्पतालका निर्देशक डा.मनिषा रावलले कोरोनाको ओमिक्रोन भेरिएन्ट पहिलोपटक नेपालमा पुष्टि हुनासाथ अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई यो भेरिएन्टबारे अन्तरक्रिया गरिएको बताउनुभयो ।
भारतमा कोरोना सङ्क्रमणको दर बढेको २ देखि ३ हप्ताको बीचमा नै नेपालमा पनि सङ्क्रमण उच्च हुने गरेको विज्ञहरूले बताउँदै आएका छन् ।
सोही आँकलन जस्तै नेपालमा पनि पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमणको दर बढ्न थालेको छ ।
भारतमा कोरोनाको ओमिक्रोनका कारण सङ्क्रमित बढेसँगै खुला सीमा नाकाबाट भित्रिनेहरूका कारण जोखिम बढेको हो ।
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेश, कोरोनाका कारण उच्च जोखिममा रहँदै आएको छ । विशेषगरी खुला सीमाका कारण सुदूरपश्चिमका विभिन्न जिल्ला कोरोनाका कारण उच्च जोखिममा पर्दै आएको छ ।
सेती प्रादेशिक अस्पतालका प्रमुख डा.हेमराज पाण्डेले भारतमा कोरोनाको जोखिम बढेसँगै नेपालमा पनि जोखिम उच्च हुने भएकाले आफूहरू तयारी अवस्थामा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय भारतबाट नेपाल आउनेमा सङ्क्रमणदर उच्च देखिन थालेको छ । तर, हामी आत्तिएका छैनौं । कारण, पहिलो र दोस्रो चरणको लहरमा सिकेका ज्ञान र बनेका पूर्वाधारले हामीलाई सम्भावित तेस्रो चरणको लरहमा काम गर्न सहज हुनेछ ।’
अस्पतालमा अक्सिजनसहितको एचडीयू बेड, आईसीयू, आइसोलेसन लगायतका सबै पूर्वाधार तयारी अवस्थामा रहँदा काम गर्न सजिलो हुने उहाँको भनाइ छ ।
लुम्बिनी प्रदेशको बाँके जिल्ला कोरोना महामारीको दुबै चरणको लहरका कारण सबैभन्दा बढी प्रभावित बन्यो ।
सीमा नाकाबाट भित्रिनेहरूमा कोरोना सङ्क्रमण दर बढेपछि अस्पताल पनि तयारीमा जुटेको छ । अस्पतालका प्रमुख डा वीरेन्द्र बहादुर चन्द भने आफूहरू तयारी अवस्थामै रहेको दावी गर्नुहुन्छ ।
जनशक्ति अभाव भए पनि प्रदेश र सङ्घ सरकारले व्यवस्थापन गर्ने उहाँको भनाइ छ । भारतसँग खुला सीमानाका कारण पनि नेपालमा कोरोनाको जोखिम उच्च हुन्छ ।
कोरोनाको दुई चरणको लहरको सामना गरिसकेको नेपालले अब तेस्रो लहरको सामना गर्नु पर्ने स्थिति देखिएको विज्ञहरू बताउँछन् । दुई चरणको अनुभव र तयारीलाई ध्यानमा राखेर काम गर्नुपर्ने उनिहरूको सुझाव छ । तर, जुन गतिमा नेपालमा सङ्क्रमणदर बढ्दै छ त्यसलाई ध्यानमा राखेर आवश्यक कडाइ अझैँ गरिएको छैन ।
कोरोनाको दुई चरणको लहरको सामना गरिसकेको पर्साको नारायणी अस्पताल पनि सम्भावित जोखिमका लागि तयार रहेको बताउनुहुन्छ, अस्पतालका कोभिय संयोजक डा.उदय नारायण सिंह ।
डा.सिंहका अनुसार नारायणी अस्पतालमा बालबालिकालाई विशेष ध्यानमा राखेर २० ओटा पीआईसीयू र १० ओटा एचडीयू बेड तयारी अवस्थामा राखिएको छ ।
साथै अस्पतालको आफ्नै अक्सिज प्लान्ट र थप पूर्वाधार रहेकाले कोरोनाको अब आउने सम्भावित जोखिममा काम गर्न समस्या नहुने उहाँको भनाइ छ ।
कोरोनाको पहिलो बिरामीको उपचारदेखि दुबै लहरमा उत्कृष्ट सेवा दिने सरकारी स्वास्थ्य संस्थामध्ये एक शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पनि हो ।
पछिल्लो एक सातादेखि फेरि अस्पतालमा कोरोनाका कारण सङ्क्रमित भएर आउनेको सङ्ख्या बढेको छ ।
अस्पतालका निर्देशक डा.मनिषा रावलले कोरोनाको ओमिक्रोन भेरिएन्ट पहिलोपटक नेपालमा पुष्टि हुनासाथ अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई यो भेरिएन्टबारे अन्तरक्रिया गरिएको बताउनुभयो ।
अस्पतालामा एचडीयू, आईसीयू, अक्सिजन प्लान्ट सबै रहेकाले र पहिलो अनि दोस्रो चरणको लरहमा पनि काम गरेको अनुभव सबैसँग भएकाले तयारी अवस्थामा रहेको उहाँको भनाइ छ ।
कोरोनाको दुई चरणको लहरको सामना गरिसकेको नेपालले अब तेस्रो लहरको सामना गर्नु पर्ने स्थिति देखिएको विज्ञहरू बताउँछन् ।
दुई चरणको अनुभव र तयारीलाई ध्यानमा राखेर काम गर्नुपर्ने उनिहरूको सुझाव छ ।
तर, जुन गतिमा नेपालमा सङ्क्रमणदर बढ्दै छ त्यसलाई ध्यानमा राखेर आवश्यक कडाइ अझैँ गरिएको छैन ।
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८