काठमाडौँ । नेपालमा सहुलियतपूणर् कर्जा लिने महिला उद्यमीको सङ्ख्या बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा बैँकहरूबाट १ लाख ३३ हजार ९ सय ३० जनाले सहुलियतपूणर् कर्जा लिएका छन् ।
जसमा महिला उद्यमीको सङ्ख्या मात्रै ७६ हजार २० रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।
महिला उद्यमीका लागि मात्र अहिलेसम्म ७१ अर्ब १५ करोड सहुलियतपूणर् ऋण प्रवाह भइसकेको राष्ट्र बैँकका प्रवक्ता डा.गुणाकर भट्टले सीआईएनलाई जानकारी दिनुभयो ।
राष्ट्र बैँकको निर्देशनमा बैँक तथा वित्तीय संस्थाहरूले महिला उद्यमीलाई १५ लाखसम्म सहुलियतपूणर् कर्जा दिँदै आएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८, १०:२९