काठमाडौँ । नेपालबाट झण्डै ३७ ओटा भाषा लोप हुने अवस्थामा पुगेका छन् ।
भाषा आयोगका अनुसार १ हजारभन्दा कम वक्ताहरू रहेका भाषाहरू लोपुन्मुख भाषामा सूचिकृत हुने व्यवस्था छ ।
जसअनुसार ३७ ओटा भाषाहरूको वक्ता १ हजारभन्दा कम रहेको र ती लोपोन्मुख अवस्थामा पुगेकोक आयोगले जनाएको छ ।
तीमध्ये ५ ओटा भाषाहरूको संरक्षणका लागि मात्रै भाषा आयोगले कक्षा सञ्चालन गरिरहेको आयोगका प्रवक्ता गेहनाथ गौतमले सीआइएनसँग बताउनुभयो ।
आयोगका अनुसार नेपालमा १० हजारभन्दा कम वक्ता भएका भाषाहरू पनि ३७ ओटा रहेका छन् भने १० हजारदेखि १ लाख भन्दा कम वक्ता रहेका भाषाहरू ३० ओटा रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८, १०:३४