काठमाडौँ । कोरोनाको सङ्क्रमण फेरी बढ्न थालेपछि स्वास्थ्य क्षेत्र मात्रै नभएर अन्य आर्थिक गतिविधिका क्षेत्र पनि प्रभावित बन्न थालेका छन् ।
कोरोना कम भएपछि बिस्तारै लयमा फर्किएको पर्यटन क्षेत्र सङ्क्रमण बढेपछि पुनः प्रभावित बन्ने देखिएको छ ।
लमजुङको क्व्होलासोंथर गाउँपालिकामा रहेको घलेगाउँ होमस्टेमा अहिले दैनिक २ सय देखि ३ सयको हाराहारीमा पर्यटक पुग्ने गरेका छन् । ४० घरधुरी रहेको यो होमस्टेबाट १ सय भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
कोरोनाको पहिलो र दोस्रो लहरले पर्यटक आगमन ठप्प भएपछि होमस्टेमा आश्रितहरूको आम्दानी पनि ठप्प भएको थियो ।
फेरि पहिलेकै अवस्था दोहोरीने हो कि भन्ने चिन्ता लागिरहेको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो ।
पर्यटकको गतिविधि बढ्ने माौसममै कोरोनाको सङ्क्रमण पनि बढ्ने गरेको छ ।
नेपाल ट्रेकिङ एजेन्सी एशोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष नविन त्रितालले कोरोनाका कारण प्रभावित भएका व्यवसायी र रोजगारी गुमाएकाको तथ्याङ्क सरकारलाई बुझाइसकिएको बताउनुभयो ।
विस्तारै पर्यटन व्यवसायले गति लिन थालेका बेला पुनः सङ्क्रमण बढ्दा यसले पर्यटन व्यवसायलाई धरासायी बनाउन सक्ने कास्कीको लेखनाथ होटल तथा रेष्टुँरेन्ट व्यवसायी संघका अध्यक्ष अर्जुन प्रसाद लम्सालले बताउनुभयो ।
नेपालका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिकदेखि बाह्य पर्यटकको चहलपहल देखिएको थियो ।
तर कोरोनाले मानिसहरूको घुमघामलाई प्रभावित पारेको, इलामको केचना कञ्चनजङ्घा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार घौरालीले बताउनुभयो ।
सामान्य अवस्थामा नेपालमा पदयात्राका लागि मात्र वार्षिक ५ लाखको हाराहारीमा विदेशी पर्यटक आउने गरे पनि कोरोनाको दोस्रो लहरको सङ्क्रमण कम भएपछिको ५ महिनामा २० हजार मात्र विदेशी पर्यटक भित्रिएका छन् ।
नेपाल ट्रेकिङ एजेन्सी एशोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष नविन त्रितालले कोरोनाका कारण प्रभावित भएका व्यवसायी र रोजगारी गुमाएकाको तथ्याङ्क सरकारलाई बुझाइसकिएको बताउनुभयो ।
कोरोनाका कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति भइरहेको छ ।
सन् २०१९ मा मात्रै झण्डै १२ लाख विदेशी पर्यटक नेपाल भित्रीएका थिए । तर त्यो सङ्ख्या सन् २०२१ सम्म आईपुग्दा २ लाख ५० हजारमा झरेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८, १०:४४