काठमाडौँ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) र ५ नम्बर प्रदेश सरकारबीच समृद्ध प्रदेश निर्माणका लागि रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्झौता भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको उपस्थितिमा भएको सम्झौतामा अकोराबका ५ नम्बर प्रदेश अध्यक्ष केपी घिमिरे र मन्त्रालयका सचिव केशवराज आचार्यले हस्ताक्षर गर्नु भएको छ ।
‘समृद्ध प्रदेश, खुसी जनता’ कार्यक्रम कार्यान्वयनका लागि जनासँग प्रदेश सरकारलाई जोडेर १० वटा रेडियो कार्यक्रम उत्पादन गर्ने र ६६ वटा सामुदायिक रेडियोबाट प्रसारण गर्ने सम्झौता भएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
आधा घण्टाको साप्ताहिक कार्यक्रम र सामाजिक सन्देश निर्माण गरी असार मसान्तसम्म सक्ने सम्झौतामा उल्लेख छ । आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने आश्वासन मन्त्री पुनले दिनु भएको अकोराबका ५ नम्बर प्रदेश अध्यक्ष घिमिरेले बताउनुभयो ।
कार्यक्रम उत्पादन १० वटा सामुदायिक रेडियोले गर्ने र प्रसारण भने प्रदेश ५ का सबैजसो सामुदायिक रेडियोबाट गरिनेछ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६, १३:५६