काठमाडौँ । कोभिड १९ का कारण बितेको २४ घण्टामा १६ जनाको मृत्यु भएको छ ।
केही दिन यता कोरोनाका कारण हुने मृत्युदर थोरै भए पनि आज बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँग नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ६२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार २ सय १२ जनामा र पाँच हजार ७ सय २५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार ४२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रकाशित मिति: शनिबार, माघ ८, २०७८, १६:२७