काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्ने भनिएको आजको पत्रकार सम्मेलन स्थगित भएको छ ।
स्थानीय सरकार, प्रतिनिधि सभा लगायत चुनाव र समसामयिक राजनीतिक अवस्थाका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने भनिएको थियो ।
अध्यक्ष ओली केही अस्वस्थ भएका कारण पत्रकार सम्मेलन स्थगित गरिएको एमाले प्रचार विभाग उपप्मुख विष्णु रिजालले जानकारी दिनुभयो।
उहाँका अनुसार अध्यक्ष ओलीको तर्फबाट केही बेरमा बक्त्व्य जारी गर्ने तयारी भएको छ ।
पत्रकार सम्म्लन गर्दा नेता कार्यकर्ताको भीड हुने र जुन कोरोनाबाट जोगिन सरकारले जारी गरेको मापदण्ड विपरित हुने भएका कारण एमालेले पत्रकार सम्मेलन स्थगित गरेको नेताहरुको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८, १०:११