काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दम्पत्तिमा कोरोना पुष्टि भएको छ ।
अध्यक्ष ओली र उहाँकी श्रीमति राधिका शाक्यको पीसीआर जाँचमा कोरोना पुष्टि भएको र उहाँहरुले बालकोटस्थित निवासमै आराम गरिरहनु भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
हाल उहाँहरुको अवस्था सामान्य छ ।
कोरोना सङ्क्रमणकै कारण मुलुकको वर्तमान अवस्थाका बारेमा पत्रकार सम्मेलनमार्फत् पार्टीका आधिकारिक धारणा सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको रिजालले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८, १३:५१