काठमाडौँ । गृहमन्त्रालयले कुनै पनि व्यक्तिको अनुमतिबिना फोटो खिच्ने, भिडियो बनाउने र बिभिन्न सामाजिक सञ्जालमा प्रकाश गर्नेक्रम बढेको भन्दै त्यस्तो कार्यमा संलग्नलाई कारबाहीको चेतावनी दिएको छ ।
जानकारी नदिइ भिडियो बनाउनेक्रम बढेको र यसले आफ्नो गोपनीयताको अधिकार खोसिएको भन्दै उजुरी परेपछि मन्त्रालयले यस्तो कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले सीआईएनसँग बताउनुभयो ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिबिना प्रयाङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन वा प्रसारण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ०७:०३