काठमाडौँ । सत्तागठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच आज बालुवाटारमा भेटवार्ता भएको हो ।
राष्ट्रिय सभा निर्वाचनको बारेमा समीक्षाका लागि नेताहरुबीच भेट भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ११:४५