काठमाडौँ । सरकारमा रहेका राजनीतिक दलहरूको बैठकले आगामी जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिने निणर्य गरेको छ ।
आज सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूको बैठकले निर्धारित मितिमा नै स्थानीय सरकारको चुनाव गर्ने निणर्य गरेको बैठकपछि सरकारका प्रवक्तासमेत रहनुभएका काँग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय तहको निर्वाचन मिति तोक्नुअघि सरकारले निर्वाचन आयोगसँग छलफल गर्ने छ ।
संविधानसँग बाझिएका कानूनहरूलाई संशोधन गर्नुपर्ने भए त्यसको तयारीका लागि पनि सरकारलाई सुझाव दिइएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, माघ १५, २०७८, २०:०६